शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुला

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– आज शनिबार सार्वजनिक दिन पनि बैंक तथा वित्तयीय संस्थाहरु भने खुलै रहने भएका छन्। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई नियमितजस्तै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम दिन भएकाले आर्थिक कारोबार बढ्ने भन्दै राष्ट्र बैंकले सबै बैंकहरुलाई नियमित जस्तै सेवा दिन भनेको हो।

विशेष गरी राजस्व संकलनमा सहयोग हुने गरी राष्ट्र बैंकले बैंकहरुलाई नियमित सेवा सञ्चालन गर्न भनेको हो। आज नेपाल क्लियरिङ हाउस समेत खुला रहनेछ।

प्रतिक्रिया दिनुहोस्