दाङ– गोठ ढल्दा दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ पर्सेनी बस्ने इन्द्रहिन मियाँकी २ वर्षीया छोरी कविता खाँतुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शनिबार बिहान साढे ८ बजे गोठ ढल्दा चोट लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । बालिकाको शव पोष्टमार्ट गर्नलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्