आफ्नै घरमा जलेर वृद्धको मृत्यु

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे ।

‘हिँडडुल गर्न नसक्ने भएकाले वृद्ध भुइँतलामा नै बस्ने रहेछन्, छोराबुहारीले खाना तल नै ल्याइदिने रहेछन्’ उनले भने । वृद्धको मृत्युको कारण भने खुलेको छैन । ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्