नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा आचार्य

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
1 Min Read
Aa

दाङ – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको दोश्रो अधिवेशनबाट दाङका ज्योतिषि मेघराज आचार्य तुफान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको राजधानी दाङ घोराहीको दाङ फन भ्याली प्रालिमा भएको अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा रुपन्देहीका खिमप्रसाद पौडेल, उपाध्यक्षहरुमा रुपन्देहीका विष्णु पौडेल,अर्घाखाँचीका केशवराज आचार्य,प्युठानका तिर्थराज पोख्रेल, पाल्पाका प्रकाश न्यौपाने निर्वाचित भएका छन् । यस्तै महासचिवमा दाङका ढुण्डिराज ज्ञवाली, उपमहासचिवमा रुकुम पुर्वका मदन शर्मा,रोल्पाका खड्गबहादुर पुन, अर्घाखाँचीका अनन्तप्रसाद घिमीरे, सचिवमा दाङका माधवा शर्मा, कोषध्यक्षमा दाङका पद्यप्रसाद अधिकारी निर्वाचित भए ।

सहकोषध्यक्षमा अर्घाखाँचीका लेखनाथ आचार्य,प्रचार सचिवमा दाङका ठाकुरप्रसाद देवकोटा,संगठन सचिवमा दाङका भुवनेश्वर बन्जाडे र सदस्यहरुमा दाङ्गका गोपालप्रसाद उपाध्याय, दाङका कमलप्रसाद भट्टराई, रुकुम पुर्वका धर्मराज शाही, रुकुम पुर्वका लोकेन्द्रबहादुर शाही,प्युठानका ऋषिराम रिजाल,कपिलवस्तुका डिलाराम न्यौपाने निर्वाचित भए ।

प्युठानका टोपकुमार न्यौपाने, बर्दियाका शिवलाल उपाध्याय, दाङका ढुण्डिराज खनाल, बाँकेका शेरबहादुर शाही, रुकुम पुर्वका विष्णु देवकोटा, गुल्मीका प्रकाश भट्टराई र कपिलवस्तुका आनन्दप्रसाद भुसाल निर्वाचित भएको निर्वाचन सचिव एवम् केन्द्रिय सदस्य केशव गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्