भाजपा नेता चौथाईवालेको रात्रिभोजमा प्रचण्ड सहभागी

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– शुक्रबार भारतको नयाँदिल्ली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार राति सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्।

यसअघि नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध’ विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले शनिबार दिउँसो नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए।

तीन दिने भ्रमणमा दिल्ली पुगेका प्रचण्ड आईतबार नेपाल फर्किने कार्यक्रम छ। त्यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेट गर्ने प्रचण्डकाे सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्