महोत्तरीमा असाध्यै बढ्यो गर्मी

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ -केहि दिन यता महोत्तरीमा धेरै गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन भएको छ । अहिले दैनिक जिल्लाको तापक्रम ३८÷४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ ।

गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ । गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए । यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लावासीलाई सताउन थालेको छ ।

गर्मीका कारण गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो । महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ ।

प्रतिक्रिया दिनुहोस्