काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १,२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएर विजयी भएका हुन् ।

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाडौंको १८ असारमा भएको आन्तरिक प्रतिष्पर्धामा जित हासिल गर्दै पौडेल डीएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।

उपाध्यक्षमा डीएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन । त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् । सदस्यमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाईं र दीपककुमार साह निर्वाचित भएका छन् । महिला सदस्यहरुमा उमादेवी प्रसाईं र गीता श्रेष्ठ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्