एसईईको नतिजा बिहीबारभित्र सार्वजनिक हुने

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए ।

उनले भने ‘आजलाई छोडेर तीन दिनभित्र रिजल्ट हुन्छ । बिहीबारभित्र सार्वजनिक हुन्छ ।’ २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्