एसईईको नतिजा सार्वजनिक

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। बुधबार सार्वजनिक नतिजाअनुसार ९ हजार ६३३ जनाले उच्च जीपीए ल्याएका छन्।

वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्