फोहोर भित्रको गिरोहले नै फोहोर व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

दाङ समाचार
दाङ समाचार १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।

शनिबार काठमाडौँको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको दाबी गरे।

मन्त्री श्रेष्ठले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको उनको भनाई छ।

मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताए। उनले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए।

उनले भने,नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ। उनले थपे, ‘फोहोरमैलाको कुराहरू अहिले लामै कथा भइसकेको छ।

सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ।’

प्रतिक्रिया दिनुहोस्