निरला अर्याल
तुलसीपुर – तुलसीपुरमा नयाँ व्यबस्थापनकासाथ होटल भ्याली भ्यु होटल एण्ड लज सञ्चालनमा आएको छ । करिब ५ वर्ष देखि होटल काे रूपमा सञ्चालनमा आएको अहिले भने नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको सञ्चालक विजय गिरीले जानकारी दिए ।

करिब ५५ लाखको लगानी मा सञ्चालन भएको होटल एण्ड लजमा एसी सहितको कोठा हरु रहेका छन् । सानो उमेरमा पढाइलाई निरन्तरता दिँदै व्यवसायमा प्रवेश गरेका गिरीको अथक मेहनतलाई साथ दिँदै आएको आमा पूर्णिमा गिरी अहिले भने तुलसीपुरमा सफल व्यवसायीका रूपमा आफूलाई देख्दा खुसी लागेको बताउछिन ।

उमेर सानो भएपनि सोच ठूलो भएको कारण हामी सफल भएको छौ गिरीले भनिन । जीवनको उर्जाशील समय व्यवसायमा लगाउने र अबल व्यवसाय बन्ने आमा छोराको सोच छ । केही समय पहिला देखि खान र बस्नको मात्र व्यवस्था भएको लजमा अहिले भने रेस्टुरेन्ट सञ्चालन गरी नयाँ सेवा दिँदै आएको छ ।
होटेलमा लोकल कुराको परिकार, हाँसको परिकार लगायत अन्य टिपिकल स्थानीय परिकारहरुकाे सेवा दिने सञ्चालक विजय गिरीले जानकारी दिए । होटलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्