थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४४, भक्तपुरमा १२, कास्कीमा १३, सुनसरीमा १०, कैलालीमा ७, चितवन र रुपन्देहीमा ५/५ जना रहेका छन् । प्रदेश अनुसार बागमती प्रदेशमा २२६, प्रदेश १ मा २३, मधेशमा ४, गण्डकीमा १७, लुम्बिनीमा १२, कर्णालीमा २ र सुदूरपश्चिममा ७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्