बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

दाङ समाचार
दाङ समाचार १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दिपक चन्द्र आचार्य रहेका छन्। बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार विगो माग गरिएकोमा उनी फरार रहेका थिए।

उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौँको थापागाउँबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्