भ्रुण हत्या गरि खेतको कुलोमा फालिएको अवस्थामा फेला

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – प्यूठानमा एक भ्रुण हत्या गरि कुलोमा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं.७ पूण्यखोला ठाटीकोट स्थित खेतको कुलोमा अन्दाजी ५ महिनाको भु्रण कुलोमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार भु्रण परिक्षणका लागि जिल्ला अस्पतालमा प्यूठानमा ल्याइएको छ । भु्रण हत्याको विषयमा थप अनुसन्धान भइरहेकोे छ । भु्रण शुक्रबार विहान करिब ९ बजे फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्