दाङ – दलित सचेतना अभियान दाङका नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन । निर्वाचन समितिका संयोजक तेजबहादुर नेपालीले संस्थाका अध्यक्ष शशीराम नेपालीलाई शपथ ग्रहण गराएका थिए भने अध्यक्ष नेपालीले अन्य पदाधिकारीलाई शपथ ग्रहण गराएका हुन ।
त्यसैगरी दलित सचेतना अभियान दाङले भर्खरै सम्पन्न भएको संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको समिक्षा गरेको छ ।
छलफलका क्रममा वार्षिक साधारणसभा र चौथो अधिवेशन सफलता पुर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । त्यसैगरी हिज बिहिवार सम्पन्न भएको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
नयाँ कार्यसमिति निर्वाचित भएर आइसके पछि र आर्थिक कारोबार गर्नका लागि संस्थाका अध्यक्ष शशीराम नेपाली र कोषाध्यक्ष दानबहादुर नेपालीको संयुक्त हस्ताक्षर चल्ने गरि बैंक खाता खोल्ने निर्णय भएको छ ।
त्यस्तै संस्थाको प्रशासनिक कार्य सम्पादन गर्नका लागि निवर्तमान अध्यक्ष गोपाल विकलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । उनले संस्थाको सबै प्रशासनिक काम गर्ने जिम्मेवारी पाएका छन ।
बैठकले अधिवेशन र वार्षिक साधारणसभा सम्पन्न गराउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै संस्थापक अध्यक्ष तेजबहादुर नेपाली, संस्थापक सहसचिव हरिश विश्वकर्मा र सदस्य श्याम विकलाई धन्यवाद ज्ञापन गरेको छ ।
संस्थाका अध्यक्ष शशीराम नेपालीको अध्यक्षमा भएको बैठकको सहजीकरण सचिब प्रिया स्मृती गजमेरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्