विद्यार्थीलाई सामाग्री प्रदान

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ- लमही नगरपालिका वडा नम्बर ९ तरुलिया स्थित राप्ती नदीमा डुंगा दुर्घटना हुँदा प्रभावित भएका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्राथमिक विद्यालय भ्यूसनपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिया स्मृती गजमेरको पहलमा संकलन भएको कापि, झोला, जुत्ता, डटपेटन, ज्यामिति बक्स लगायत आवश्यक पर्ने सामाग्री सहयोग गरिएको हो । लमही नगरपालिकाले पनि विद्यार्थीहरुलाइ सामाग्री सहयोग गरेको छ ।

उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, शिक्षा शाखा अधिकृत भवानी गिरी, विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापा, सामाजिक अभियन्ता गंगाराम भट्टराई लगायतको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो । यसैगरी लमही नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडा सदस्य कुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा १४ हजार बढीको कापि र कलम वितरण गरेका छन ।

त्यस्तै लमही–८ निवासी प्रतापकुमार खड्का ( २४ दर्जन कापि र २४ दर्जन कलम), गोरखा मोडल सेकेन्डरी स्कुल लमही (२४ थान झोला), रोजि बड्स बालबाटिका माध्यमिक विद्यालय लमही (२४ दर्जन कापि) , रावल पुस्तक पसल लमही ( १०० प्याकेट कलम, २४ पिस ज्यामिती बक्स, १२ प्याकेट पेन्सिल कटर,२४ प्याकेट पेन्सिल, इलेजर १२ प्याकेट ) र लमही नपाका पुर्व न्यायिक समिति सदस्य कुमार भट्टराई( १२ दर्जन कापि कलम) लगायतले सहयोग गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्