ड्याममा डुबेर बेपत्ता चौधरीको अवस्था अझै अज्ञात

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – एक कृत्रिम ड्याममा डुबेर वेपत्ता भएका एक युवकको अवस्था अझै पनि अज्ञात रहेको छ ।

सोमबार बिहान ११ बजेतिर घोराहीको कर्जाही ड्याममा घोंगी टिप्न गएको बेला डुबेर बेपत्ता घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि २४ घण्टा बित्नै लाग्दा अवस्था अझै अज्ञात रहेको उनले बताए । बेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्