गढवा स्वास्थ्य चौकीमा फ्रि अल्ट्रासाउन्ड सेवा शुरु

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

आलोक भावुक – गढवा

गढवा स्वास्थ्य चौकीमा फ्रि अल्ट्रासाउन्ड सेवा शुरु भएको छ। यो सेवा सुरु भएपछी गढवा गाउँपालिकाबासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न जानु नपर्ने भएको छ।

गाउँपालिकाद्वारा भित्रका सबै गर्भवती महिलाहरुलाई जाँच गर्न ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई अल्ट्रा साउण्ड तथा डिजिटल एक्सरे मेसिन हस्तान्तण गर्दै स्वास्थ्य मन्त्रीले नै उद्घाटन गरेका हुन।

No description available.

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको बिशेष सहयोगमा गढवा गाउँपालिका लाई तिन वटा अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ । तिन वटा अल्ट्रासाउन्ड मेसिन मध्ये गढवा, गंगाप्रसपुर र गोबरडिहा स्वास्थ्य चौकीलाई एक/एक थान अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण भएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले “ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

No description available.

गढवा स्वास्थ्य चौकी सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्