बेलुका पांच बजेपछि खुल्यो बन्द, सामान्य बन्दै जनजीवन

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादी लगायत चार पार्टीले गरेको नेपालबन्द बेलुका पांच बजे देखि खुलेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेत्र बिक्रम चन्द (विप्लव) का दाङ जिल्ला सेक्रेटरी सितलले दिएको जानकारी अनुशार बेलुका पाँच बजे पछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ। विच बाटोमै रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन आफ्नो गन्तव्य तरफ हिडेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पास गरेको, भ्रष्टाचार बढेको र महँगी नियन्त्रणमा चासो नदिएको भन्दै बन्दको आह्वान गरेका थिए । दाङ जिल्ला सेक्रेटरी सितलले बन्द सफल गराउन सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन।

बन्द गराउन सडकमा उत्रेका पन्ध्र जना नेता तथा कार्यकर्तालाई प्रहरीले दिनभर जसो नियन्त्रणमा राखेर बेलुका पांच बजे पछि आफन्त बोलाएर जिम्मा लगाई छोडेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जनाकारी दिए । बन्दको समयमा जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको डिएसपी गौतमले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्