दाङमा कोरोना संक्रमण दर घट्दै

दाङ समाचार
दाङ समाचार ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – पछिल्लो समय दाङमा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । जिल्ला आपत कालिन कार्य संचालन केन्द्र दाङले दिएको जानकारी अनुसार अहिले १५/२० जनामा परीक्षण गर्दा १/२ जनामा कोरोना पुष्टि हुने गरेको छ ।

सोमबार र मंगलबार शंकास्पद पाँच जनामा कारोना परीक्षण गर्दा संक्रमित संख्या सुन्य रहेको केन्द्रले जनाएको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या १४ रहेको छ ।

जसमा तुलसीपुरका २ जना, घोराहीका ६ जना, दंगीशरणका २ जना, शान्तिनगर, लमहीका एक/एक जना र जिल्ला बाहिरका एक जना रहेको केन्द्रले जानकारी दिएको छ । केहि समय अगाडि कोरोना संक्रमण दर शुन्य अवस्थामा आएकोमा फेरी बढेको थियो ।

संक्रमण दर घटेपनि कोरोनाको जोखिम भने कायमै रहेको छ । त्यसैले कोरोनाको जोखिमबाट बच्न सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्