प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिएपछि बिरामी बढे

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिएपछि सेवा लिने बिरामीको संख्या ह्वात्तै बढेको छ । यस अघि ओपिडिमा २ सय देखी ३ सय बिरामी उपचारका लागि आउने गर्दथे भने अहिले सात सय बढी बिरामी उपचारका लागि आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।

बिरामीको सख्या बढ्दै गएपछि त्यसको व्यवस्थापनमा अस्पताललाई हम्मे हम्मे परेको छ । पछिल्लो समयमा अस्पतालले सेवा सुविधा फराकिलो बनाएपछि बिरामीको चाप बढ्न लागेको छ ।

बिरामीको माग अनुसार नै अस्पताल म्यानेजमेण्टले विशेषज्ञ चिकित्स, मेडिकल अफीस, नर्सहरुको सख्या थपेका छौ, आइसियु, बच्चाको लागि एनआइसियु, पिआइसियु भएपछि दाङ लगाएत आसपासका जिल्लाबाट बिरामी आउन सक्ने भरपर्दो र विश्वासिलो अस्पताल बनाउन सफल भएका छौ–रजिष्ट्रार थापाले भने–।

‘प्रतिष्ठानको नाममा मेडिकल कलेजको लागि आउने जग्गा पनि अब क्याविनेटबाट निर्णय गरेर छिट्टै आएपछि अस्पतालले थप फड्को मार्छ नै ।’ अस्पतालको विकास गर्ने कुरा साझा सरोकारको विषय बन्नुपर्ने भन्दै यसका लागि यहाँका अगुवाहरु निरन्तर लागीपर्नु पर्ने रजिष्ट्रार थापाको भनाई छ ।

प्रतिष्ठानका नयाँ उपकुलपतिको रुपमा डा. विकास लामिछाने आएपछि अस्पतालले सेवाहरु व्यवस्थित बनाउदै लगेको छ । उपकुलपति डा. लामिछानेले आफ्नो कार्यभार सम्हाल्ना साथ प्रसुति सेवालाई निशुल्क बनाउने घोषणा गर्नुका साथै बैशाख १ गतेदेखी त्यो घोषणासहीतको निर्णय कार्यान्वयनमा आएपछि अस्पतालमा नयाँ रौनकता थपिएको छ ।

रजिष्ट्रार थापाले अस्पतालको सेवालाई थप चुस्त दुरुस्त बनाउन अहिले सञ्चालनमा आएको अत्याधुनिक नयाँ भवनको फराकिलो ठाँउमा २८ वेडको सुविधा सम्पन्न इमरजेन्सि सेवा सञ्चालनमा ल्याईएको र प्रसुति सेवालाई प्रभावकारी बनाउन नयाँ भवनमा सार्न लागिएको जानकारी दिए । उनले अस्पतालमा बच्चाहरुको लागि १० देखी १४ वेड एनआइसियु र पिआइसियु बनाउने आफ्नो योजना रहेको बताए ।

उनले २४ सैँ घण्टा अस्पतालमा डायलाइसिस सेवा पाउने गरी पुर्वाधार बनाउने काम चलिरहेको पनि बताए । प्रतिष्ठानमा हाल २३ जना मेडिकल अधिकृत र ३७ जना विभिन्न विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुलाई सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्