तीन दिन सम्म पनि भेटिएनन अम्मर

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका दाङका अम्मर चौधरी अझै पनि फेला परेका छैनन् ।

सोमबार बिहान ११ बजेतिर घोराहीको कर्जाहीमा रहेको कृत्रिम जलाशयमा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीलाई ४८ घण्टा बढी भइसक्दा समेत फेला पार्न नसकेकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनको अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जलाशयमा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि फेला पार्न नसकेको उनले बताए ।

बेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी भैरहेको प्रहरीले बताएको छ।

माटो धेरै भएकाले खोजी गर्न समस्या भईरहेको र हिलो भएका कारण खोजी गर्न समस्या भएको प्रहरी प्रमुख काफ्लेले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्