खाजा खर्च कटाएर आश्रमका बुवाआमालाइ सहयोग

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – गाेरखा माेेडेल सेकेन्डरी स्कुल लमहीमा अध्यनरत विद्यार्थीहरूले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित निलसागर असाय अशक्त सेवा केन्द्रलाई सहयोग प्रदान गरेका छन ।

गाेरखा माेडेल सेकेन्डरी स्कुल कक्षा ८ मा अध्यनरत विद्यार्थीद्वारा संकलित रकमबाट बिहिवार निलसागर असाय अशक्त सेवा केन्द्रमा पुगेर खाद्यान्न तथा लत्ताकपडा र पंखा सहयोग गरिएको हाे ।

एकसय ८ जना विद्यार्थीहरूले खाजा खर्च कटाएर रकम संकलित गरि खाद्यान्न, लत्ताकपडा र पंखा गरि १८ हजार मुल्य बराबरको सामाग्री सहयोग गरिएको विद्यालयका प्रशासन प्रमुख धनिराम गुरूङले जानकारी दिए । छाक टार्न समस्या नहाेस् भनेर खाद्यान्न सहयोग गरिएको विद्यार्थीहरुले बताए ।

यस विद्यालयले प्रत्येक वर्ष देउखुरी क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकाे छ । लमही नगरपालिका क्षेत्रभित्र रहेर यस विद्यालयले विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेकाे छ ।

विद्यार्थीबाट संकलित रकमबाट खरिद गरिएको सामाग्री निलसागर असाय अशक्त सेवा केन्द्रका अध्यक्ष एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गरिएको हो ।

सेवा केन्द्रमा आवश्यकताकाे आधारमा उक्त सामाग्री वितरण गरिएको विद्यालयका प्रधानध्यापक लाेकमान रिजालले जानकारी दिए ।

अहिले उक्त सेवा केन्द्रमा २८ जना सडकबाट उद्दार गरिएका बुवाआमा हुनुहुन्छ, प्रधानध्यापक, रिजालले भने,-। `उनिहरूलाइ दैनिक उपभाेग गर्ने सामाग्री अन्तरगत खाद्यान्न, लत्ताकपडा र पंखा सहयोग प्रदान गरेका हाैँ ।

विद्यालयका आधारभुत संयाेजक खेमराज काेइराला, शिक्षक हेमन्त पाैडेल लगायतकाकाे सहभागी रहेको थियोे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्