केन्याद्वारा नेपाललाई १३३ रनको लक्ष्य

दाङ समाचार
दाङ समाचार १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो टी–ट्वान्टी खेलमा १३३ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।

केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए ।
त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्