स्पान नेशनल कलेजद्वारा कार्यक्रम सार्वजनिक

दाङ समाचार
दाङ समाचार १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ ।

शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले काम गर्ने बताए ।

कलेज संचालक निशान्त आचार्यले सिद्धान्तलाई ब्यवहारिक शिक्षासगै जोडेर आधुनिक बिधिबाट पढाइ गर्ने बताए। अर्का संचालक हेमराज देवकोटाले बिधिलाई प्रबिधिसग र ज्ञानलाई बिज्ञानसग जोडेर लैजानु आजको आवश्यकता भएको भन्दै उक्त कुरालाई आत्मसात गरि कलेज संचालन गरिने बताए।

प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले कलेजले युग सुहाउँदो शिक्षा दिइरहेको बताए। कलेज संचालक मदन सुबेदीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक गणेश गौतमले गरेका थिए ।

कार्यक्रम कलेज संचालक, प्राध्यापक, विद्यार्थी सगै अब स्नातक तहमा भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्