एक हप्तासम्म सामुदायिक विद्यालय बन्द रहने

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

अरूण कुमार नेपाली – दाङ

आफ्नो पेशागत हकहितको माग राखी आन्दोलनमा उत्रिएको नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ गतेदेखि १८ गतेसम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने भएको छ ।

सरकारले विगतमा आफुहरुसँग गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेपछि त्यसको विरोध स्वरुप एक हप्तासम्म सबै सामुदायिक विद्यालय बन्दको आव्हान गरिएको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

भदौ १गते देखि आन्दोलनमा उत्रिएको परिषदले यस अघि काठमाडौंमा धर्ना र बृहत प्रदर्शन गरेको थियो । धर्ना र विरोध प्रदर्शन गर्दा पनि आफुहरुको माग प्रति सरकार गम्भीर नदेखिए पछि विद्यालय बन्द गर्न बाध्य भएको अध्यक्ष तिवारीले बताए।

यसै विच नेपाल विद्यालय कर्मचारी परिषद दाङले भदौ १२ गतेदेखि आफुहरुले आव्हान गरेको विद्यालय बन्दको कार्यक्रमलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

परिषदका जिल्ला अध्यक्ष गोविन्द जिसी र सचिव तप्त शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय बन्दको कार्यक्रममा आवश्यक सहयोग र सहजिकरण गरिदिन दाङका १० वटै स्थानिय पालिका र सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गरेका हुन ।

हेर्नुहोस पत्र जस्ताको त्यस्तै

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्