वार्तामा आउनुस – शिक्षा मन्त्री पौडेल

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

अरुण कुमार नेपाली – दाङ 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदलाई वार्तामा आउन आग्रह गरेका छन ।

मन्त्रीको निर्देशनमा मन्त्रालयले आज औपचारिक पत्र मार्फत परिषदलाई वार्तामा आउन आग्रह गरेको हो । उपसचिव विदुरराज गिरीले विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको नाममा पत्र जारी गर्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन परिषदलाई आग्रह गरेका छन।

भदौ १ गतेदेखि आफ्नो पेशागत हकहितको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यालय कर्मचारी परिषदले भदौ१२गतेदेखि १८गतेसम्म देशैभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

यसै विच नेपाल विद्यालय कर्मचारी परिषदले वार्ता र आन्दोलननका कार्यक्रमलाई संगसंगै अघि बढाउने बताएको छ ।

आफ्ना मागहरु पुरा हुने ग्यारेन्टी नभएसम्म हाल जारी गरिएका सबै आन्दोलनका कार्यक्रम यथावत रहेको परिषदले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्