राप्ती गाउँपालिका द्वारा समाचारकाे खण्डन, विधि-प्रक्रियामा रहेर शिक्षक छनाैंट गर्न थालेकाे स्पष्टीकरण

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ-राप्ती गाउँपालिकाले शिक्षक छनाेट बिषयलाइ लिएर प्रकाशित भएका समाचारहरुकाे खण्डन गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक छनाेटमा कुनै भागबन्डा नगरिएको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएकाे अधिकारलाई कार्यान्वयन गर्दै बिशेष प्राथमिकताका साथ बालविकास देखि कक्षा १० सम्म नि:शुल्क शिक्षा कार्यान्वयनकाे चरणमा रहेकाे उल्लेख गरिएको छ ।

अनुदान करार शिक्षक छनाेटकाे बिषयमा अनर्गल र तथ्यहिन समाचार प्रकाशित गरेर भ्रमित पार्न खाेजिएकाे उल्लेख छ । शिक्षक छनाेट प्रचलित कानुन, कार्यविधि र मापदण्डमा आधारित भएर गर्न थालिएको विज्ञप्तिमा उल्लेख छ ।

`याे गाउँपालिका निर्धारित याेग्यता प्रणाली र निष्पक्षताकाे सदैव अात्मसाथ गर्दछ´विज्ञप्तिमा भनिएकाे छ-`यस्तो तथ्यहिन, भ्रामक र कपाेकल्पित समाचारकाे गाउँपालिका पूर्णखारेज गर्दछ ।´ राप्ती गाउँपालिकाले नि:शुल्क शिक्षा कार्यान्वयनकाे लागि ५० जना अनुदान करारमा शिक्षक भर्ना गर्न परीक्षा सञ्चालन गरेकाे छ ।

हेर्नुहोस विज्ञप्ति

No description available.

 

प्रतिक्रिया दिनुहोस्