दाङ क्षेत्र नम्बर १ “ख”बाट जंगली, बस्नेत र न्यौपाने लगायतको उम्मेदवारी

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “ख” ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ ।

प्रदेश “ख” बाट प्रत्यक्ष तर्फ बासुदेव जंगली, जानकीलाल बस्नेत, मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य, पवन नेपालीले उम्मेदवारी घोषणा गरेका छन ।

जंगली काङ्ग्रेस भित्र अवशर नपाएका मध्य एक नेताका रुपमा पर्दछन । त्यस्तै बस्नेत ७४ सालको निर्वाचनमा प्रदेश सभाका उपविजेता बनेका थिए । न्यौपाने पनि काङ्ग्रेस भित्र प्रखर वक्ताको रुपमा चिनिन्छन ।

त्यस्तै समानुपातिक तर्फ गिरिजादेवी न्यौपाने, लोका विश्वकर्मा, देवका बेल्बासे,पवन कुमार यादव, रेशम बहादुर बुढा, खीमा अधिकारी, माधव चौधरी, तारा प्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्ग बहादुर विक,गोपाल नेपाली रहेका छन ।

गठबन्धन रहर होइन बाध्यता हो- केन्द्रीय सदस्य घिमिरे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले गर्न लागेको गठबन्धन रहर नभएर बाध्यता भएको बताए ।

कार्यकर्ताले दिएको सल्लाह सुझावको नेतृत्वले मनन गर्नु पर्ने उनको भनाई छ । त्यस्तै नेतृत्वले सजग र सचेत रहेर आफ्ना कमजोरीहरुलाई आत्मसात गर्न आवश्यक रहेको भन्दै आवश्यकताको आधारमा गठबन्धन हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्