अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – जिम्बाव्वेले अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा ऐतिहासिक जीत हासिल गरेको छ । तेस्रो एकदिवसीय खेलमा जिम्बाव्वे ३ विकेटले विजयी भएको हो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जिम्बाव्वेले ७ विकेटको क्षतिमा ३९ औँ ओभरमा पछ्यायो । कप्तान रेजिस चाकाब्वाले नटआउट ३७ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । उनलाई टाडिवानासे मरुमानीले ३५ रन बनाउँदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिए ।

यसअघि, रायन बुर्लले ३ ओभरमा १० विकेट खर्चँदै ५ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ सस्तोमा समेटिएको थियो । डेभिड वार्नरले सर्वाधिक ९४ रन बनाए भने ग्लेन म्याक्सवेलले १९ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि एकदिवसीय शृङ्खलामा भएका दुवै खेल अस्ट्रेलियाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्