समाचारकाे खण्डन : जग्गा ठगिमा हाम्राे संलग्नता छैन

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ४ ले`उपचार खर्च असुल्ने नाममा जग्गा हडप, वडा अध्यक्ष र वडा सचिवकाे मिलेमतोकाे आशंका´ शिर्षककाे समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

वडा अध्यक्ष रामेश्वर यादवले साेमवार प्रेस विज्ञप्ति जारी गर्दै जग्गा हडपेकाे बिषयमा आफुहरुकाे कुनै संलग्नता नरहेकाे स्पष्ट पार्दै जग्गा धनि कृष्णकुमारी अहिर स्वयम वडा कार्यालयमा उपस्थित भएपछी जग्गाकाे सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जग्गाधनिले सबै प्रक्रिया पूरा गरेर निवेदन दिएपछि सिफारिस गरिएको विज्ञप्तिमा दावी गरिएको छ । गत जेठ ११ गते वडा कार्यालयले सिफारिस गरेकाे थियाे ।

सिफारिसका आधारमा मालपोत कार्यालय लमहीबाट जेठ १९ गते सासू कृष्णकुमारीकाे नाममा भएको जग्गा बुहारी श्यामकुमारी यादवले आफ्नाे नाममा पास गरेकि थिइन ।

उपचार गर्ने बहानामा जालझेल गरेर जग्गा पास गरेकाे पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक भएपछि वडा अध्यक्ष र सचिवलाई लागेकाे आराेपकाे वडा अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन ।

No description available.

प्रतिक्रिया दिनुहोस्