डेंगु रोग नियन्त्रणमा राजपुरले लियो ‘एक्सन’

दाङ समाचार
दाङ समाचार २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – देशैभर महामारीका रुपमा फैलिएको डेंगु रोग नियन्त्रणमा राजापुर गाउँपालिकाले एक्सन लिएको छ । वडा नम्बर १ देखि ७ सम्म रोकथाम तथा नियन्त्रणका लागि अभियान संचालन गरिने भएको छ ।

डेंगु रोगले महामारीको रुप लिन थालेपछी राजपुर गाउँपालिकाले रोकथाम तथा नियन्त्रणको उपाय खोज्न थालेको छ । अहिले डेंगु रोग देशैभर तिब्रगतिमा फैलिरहेको छ ।

यो महामारी नियन्त्रणका लागि जन प्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख तथा सरोकारवालाहरुलाई बोलाएर यो रोगबाट गाउँपालिकाबासीलाई कसरी जोगाउन सकिन्छ भनेर छलफल गरेको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।

पालिकामा रहेको सबै स्वास्थ्य युनिटलाई सतर्क रहन भनेको छु, उपचार पाएनौं भनेर कसैले पनि गुनासो नगर्ने गरि बन्दोबस्तो मिलाउन सबै स्वास्थ्यकर्मीलाई निर्देशन दिएको अध्यक्ष बुढाथोकीले भने ।

डेंगु रोगबाट दाङमा पनि सैयौं मानिस संक्रमित भएका छन । उनीहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्