सर्जक अमर दर्लामी मगरले लिएर आए ”मुना-मदन”

दाङ समाचार
दाङ समाचार ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – देउखुरीका सर्जक अमर दर्लामी मगरले ”मुना-मदन” बोलको लोक आधुनिक गीत लिएर स्रोता माझ आएका छन । उक्त गीत कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

त्यस गीतमा शब्द/संगीत गायक मगरको रहेको छ भने कला सुप्तिहाङ राईको आवाज तथा डाइरेक्सन रहेको छ । बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको छ ।

यस्तै उक्त गीतको भिडियो दृश्य निर्माण लोचन भुसालले गरेका छन भने गीतद्वारा साचो मायालाई धन र जातले प्रभाव नपार्ने,चोखो माया हुँदाहुँदै बिदेसिनु पर्ने पिडालाई समाजमा प्रभावकारी ढंगले उजागर गर्न खोजिएको छ।

सर्जक अमर दर्लामी मगर अहिले देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे स्थित श्री प्रतिष्ठा एकेडेमी विद्यालयमा अध्यापन गराउदै आएका छन ।

गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्