उजीर सिंह दीप पदकबाट सम्मानित हुँदै गढवाकी ‘इन्स्पेक्टर रन्जु’

दाङ समाचार
दाङ समाचार ४ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

दुख हरण यादव – दाङ

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक रन्जु केसी उजीर सिंह दीप पदक द्वितियबाट सम्मानित हुन लागेकी छन ।

लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका बालकको भारतबाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिंह दीप पदक द्वितीयबाट प्रहरी निरिक्षक केसी पुरस्कृत हुन लागेकी हुन ।

लुम्बिनी प्रदेश सरकारको प्रवक्ता/ आर्थिक मामिला कानुन तथा सन्चार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदान दाताहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिंदै बालकको भारतबाट सकुशल उद्दार गरेको योगदान गरेको कारण प्रहरी निरिक्षक केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिए ।

गत असार २० गते इलाका प्रहरी कार्यालय गढवाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेकी केसीले डेढ वर्ष देखि हराइ रहेका राजपुर गाउँपालिका वडा नं ६ निवासी डम्मर बहादुर विकका छोरा १३ वर्षीय छोरा निकेश विकलाई भारतको गोण्डाबाट केसीले सकुशल उद्दार गरेकी थिइन् ।

उनले गढवा राजपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यार्थीमा सचेतना होस भन्ने उद्देश्यले विद्यालयमा लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छन ।

कामको मुल्यांकन गर्दै संविधान दिवसको अवसरमा लुम्बिनि प्रदेश सरकारले उजिर सिंह दीप पदक द्वितियबाट पुरस्कृत गर्दै गर्दा निकै उत्साहित भएको भएको र आगामी दिनमा यस्ता कार्यमा आफु सक्रिय भएर लाग्ने बताईन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्