श्रीमतीकाे हत्या गरि श्रीमान फरार

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्यासँगै छोरीलाई पनि घाइते बनाई फरार भएका प्रहरीले जनाएकाे छ।

वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

उनी बुधबारमात्रै भारतबाट आएको र आज बिहान घटना घटाई फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्।

उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। शेरबहादुरको खोजी कार्यसँगै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्