श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – श्रीमतीको हत्या गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–५ का शेरबहादुर नाम्जाली मगर रहेका छन्।

आफ्नै श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र छोराछोरीलाई घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। श्रीमती र छोराछोरीलाई कुटपिट गरि फरार भएका उनलाई गाउँबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

शेरबहादुरले श्रीमती ललिताको हत्या गरेर फरार भएका थिए। घाइते छोरी लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्