बाल योन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – बाह्र वर्षिया बालिकालाई बाल योन दुरुपयोग गरेको आरोपमा देउखुरीको एक निजि विद्यालयमा अध्यापन गराउने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका – १ का शिक्षक अन्दाजी २७ वर्षीय दीपेन्द्र सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

सिंजालीले अध्यापन गराउने विद्यालयको (बालिकाको गोपनियताको लागि विद्यालयको नाम उल्लेख नगरिएको) कक्षा सातमा अध्ययनरत एक बाह्र वर्षिया बालिकाको अति संवेधनशील अंग छुने, चिमोट्ने, सुम्सुम्याउन खोज्ने जस्ता गलत कार्य गरेको ति बालिकाले गुनासो गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।

बाल योन दुरुपयोगको आरोप लागेको सिंजाली विवाहित हुन, उनलाई आजै म्याद थप गरेर अनुशन्धानको प्रक्रिया अगाडी बढाईने गौतमको भनाई छ । पक्राउ परेका सिंजाली दोषी ठहर भएमा तीन वर्ष सम्म कैद सजाय र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्