दाङ– काठमाडौ बाट रुकुमकोट जाँदै गरेको यात्रुबाहक बस रुकुम पूर्वमा दुर्घटना भएको छ ।
आज दिउँसो साढे दुई बजे रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोला स्थित क्याङसि बगर नजिकै ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पांच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
उनका अनुसार पांच जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर १२ जना घाइते भएका छन । बस सडकबाट एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए ।
मृत्यु भएकाहरूको परिचय खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्