रुकुम दुर्घटना अपडेट- मृतक पाँच जनाकाे सनाखत भयो

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

दाङ-रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ क्याङसी बगरमा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाकाे सनाखत भएको छ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा रुकुम पूर्व भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

दुर्घटनामा परि घाइते भएका १२ जनामध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौबाट रुकुमकोट जादै गरेको ग १ ख ९१०९ नम्बरको बस रुकुम पूर्वमा दुर्घटना परेकाे थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्