अब विद्यालयमै सेनेटरी प्याड पाईने

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
4 Min Read
Aa

दाङ – सेनेटरी प्याड किन्न भारत जानुपर्ने बाध्यता छ । आफ्नै भुमि जाने सम्भावना नभएपछि नेपाल–भारत दाङको सीमावर्ती क्षेत्र भारतीय बजारमा जानुपर्ने बाध्यता भएको हो । महिनावारी हुँदा विचमा कक्षा छोडेर घर जानुपर्ने बाध्यता थियोे । स्कुलमा प्याड नहुँदा, राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका शिवशक्ति माध्यमिक विद्यालय कक्षा ९ मा अध्यनरत छात्रा सञ्जु दसौदीले भनिन–। ‘त्यसैले पढाइमा असर पुग्थ्यो । प्याड व्यवस्था नहुँदा निकै पीडा हुने गरेको थियो ।’

अब भने त्यो समस्या समाधान हुने भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका शिवशक्ति माविमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समयमा चाहेजति सेनेटरी प्याड पाउने भएका छन् । राजपुर गाउँपालिकाले विद्यालयलाई सेनेटरी प्याड निकाल्ने डिस्पेन्सर मेसिन बुधबार दिएपछि छात्राहरुले जति आवश्यक पर्छ त्यति सेनेटरी प्याड मसिनबाट झिक्न पाउने भएका हुन् । महिनावारी भएका कारण विद्यार्थीले स्कुल छोड्नु पर्ने समस्यालाई कम गर्नका लागि राजपुर गाउँपालिकाले सेनेटरी प्याड सहित प्याड निकाल्ने मेसिन विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सेनेटरी प्याड निकाल्नका लागि मसिनमा अप्सन दिएको स्वीच थिचेपछि मसिनबाट सेनेटरी प्याड आफै निस्कने गाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादवले बताईन । उनले ३० हजारभन्दा बढी मुल्य पर्ने उक्त मेसिन राजपुर गाउँपालिकाले विद्यालयलाई निःशुल्क रुपमा प्रदान गरेको जानकारी दिँईन । अहिले राजपुर गाउँपालिकाको सहयोगमा मावि तहमा अध्यनरत छात्राहरुले प्रयोग गर्न थालेको सेनेटी प्याडलाई सत प्रतिशत प्रयोग बढाउन गाउँपालिकाले मेसिन प्रदान गरेसँगै योजनानै बनाएर कार्यक्रम थालेको राजपुर उपाध्यक्ष यादवको भनाई छ ।

कार्यक्रममा सेनेटरी प्याड र डिस्पेन्सर मेसिन विद्यालयलाई हस्तान्तरण गर्दै उपाध्यक्ष यादवले सेनेटी प्याड प्रयोगमा ध्यान नदिंदा महिलाहरुमा विभिन्न खाले दिर्घरोगको संक्रमण देखिने गरेकाले प्याडको प्रयोग बढाउन सुझाव दिएकी छन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयमा मात्र सेनेटरि प्याड निःशुल्क वितरण गर्ने मात्र होईन, हरेक महिलाले सहज र सरल तरिकाले सेनेटरी प्याडका प्रयोग गर्ने अवस्थाको सृजना हुन अहिलेको आवश्यकता रहेको बताउएका छन । विद्यालयको मावि तहका छात्राहरुलाई महिनावारी हुने समय, शारिरिक परिवर्तन, समस्या तथा स्वस्थ रहने उपायका बारेमा विद्यालयका प्रधानध्यापक लिलाधर विकले जानकरी गराएका थिए ।

डिस्पेन्सर मेसिन छात्राका लागि उपयुक्त पर्ने स्थानका राखिने समेत प्रधानाध्यापक विकले बताए । गाउँपालिकाले शिवशत्ति मावि भौवानाकामा पनि सेनेटरी प्याड डिस्पेन्सर मसिन वितरण तथा महिनावारीबारे छात्रालाई जनचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाले श्री साधरण मावि गंगदी सालभौरी, बालकल्याण मावि खांग्रानाका, मावि दुलैया, मावि सिक्टा, जनज्योति बेलामा सेनेटरी प्याड डिस्पेन्सर मेसिन वितरण गरिसकेको शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिए । उनका अनुसार शंकर मावि खरदरिया र गौरीशंकर माविमा सेनेटरी प्याड डिस्पेन्सर मेसिन वितरण गर्न बाँकी रहेको र छिट्टै वितरण गरिने छ ।

विद्यार्थीलाई निःशुल्क झोला वितरण

राजपुर गाउँपालिकाको पहलमा शिवशक्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । गाउँपालिकाको पहलमा छायाँ नेपाल संस्थाद्वारा शिवशक्ति माध्यमिक विद्यालय भौवानाका अध्यनरत विद्यार्थीलाई दुईसय चालीस थान झोला निःशुल्क वितरण गरिएको हो ।

No description available.

अति विपन्न विद्यार्थीलाई दुई सय चालिस थान झोला वितरण गरिएको छायाँ नेपाल संस्थाका कार्यकारी सहायक प्रियंका ठाकुरले बताईन ।

शिवशक्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर झाँक्रीकोे अध्यक्षता एवम् राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न कार्यक्रममा छायाँ नेपाल संस्थाका कार्यकारी व्यवस्थापन अधिकृत अमित थापा, कार्यकारी सहायक प्रियंका ठाकुर, ने.वि. संघका पुर्व केन्द्रीय उपाध्यक्ष पवनकुमार यादव, नेपाली कांग्रेस लुम्बिनी क्षेत्र नं. १ (ख) का सचिव लालविर खड्का लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक लिलाधर विकले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्