किवनिस क्लब तुलसीपुरको अध्यक्षमा शर्मा

दाङ समाचार
दाङ समाचार ८ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – तुलसीपुरमा किवनिस क्लब तुलसीपुर मेट्रो गठन गरिएको छ । मनुराज शर्माको अध्यक्षतामा १९ सदस्यीय समिती गठन गरिएको हो ।

आगामी अध्यक्षको लागि हेमराज डाँगीलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा मनिष शर्मा, सचिवमा आशिष केसी, कोषाध्यक्षमा सन्ध्या सुवेदीलाई चयन गरिएको छ । त्यसैगरी सह-सचिवमा प्रमोद अर्याल र सह-कोषाध्यक्षमा रेशम चन्दलाई चयन गरिएको छ ।

त्यसैगरी क्लबको स्वास्थ्य संयोजकमा आशिष चौधरी र शिक्षा संयोजकमा तेज ओलीलाई चयन गरिएको छ । जसको सदस्यहरुमा धर्म बहादुर केसी, रमेश बस्नेत, शोभा डाँगी, मिना पौडेल, निरन्जना ओली, सन्ध्या घिमिरे, वीर बहादुर बस्नेत, पूर्ण प्रकाश विश्वकर्मा, सुरेन्द्र रिजाललाई सर्वसम्मत चयन गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्