तीन घण्टा पछि खुल्यो राप्ती राजमार्ग

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

दाङ – राप्ती राजमार्गमा तीन घण्टापछि यातायात सुचारु भएको छ ।

दाङ–सल्यान सडक खण्ड अन्तगर्त कपुरकोट गाउँपालिका वडा नम्बर ५ अरिंगाले फेदीमा पहिरो जाँदा अवरुद्ध भएको सडक बेलुका सात बजेतिर सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए।

उनका अनुसार अविरल वर्षातका कारण पहिरो खसेपछि पूर्णरुपमा अवरुद्ध सडक बेलुका सातबजेति संचालनमा आएको हो ।

प्रहरी र जेसिबीको सहायताले पहिरो हटाएपछि सडकमा सवारी साधन संचालनमा आएका हुन् । पहिरो हटेपछि दिउँसो चारबजेदेखि रोकिएका सवारी साधान गन्तव्यमा लागेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्