सल्यानमा जीप दुर्घटना हुँदा ८ को मृत्यु

दाङ समाचार
दाङ समाचार १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

दाङ – सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यू भएको छ ।

रा १ ज ५६३ नम्वर जीप विहान ३ः३० वजे कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

दुर्घटनामा परी मुत्युहुनेमा अधिकांश कपुरकोट ६ का व्यक्तिहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ । घटना स्थलमा प्रहरी सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिएका छन । वाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ ।

दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् । एक जना गम्भिर घाइते उद्धार गरि उपचारका लागि तुलसीपुर लगिदै गरेकाे प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्