क्षमता भन्दा बढि यात्रु बाेक्ने सवारी साधनलाई कारबाही

दाङ समाचार
दाङ समाचार १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – जिल्लामा सिट क्षमता भन्दा बढि यात्रु बाेक्ने सवारीसाधन माथि कार्वाही सुरु गरिएको छ । बिहिवार क्षमता भन्दा बढि यात्रु बाेक्ने एक सवारीसाधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार काठमाडौ देखि दाङ आउँदै गरेको बा ६ ख ३५३८ नम्बरको यात्रु बहाक बसलाई ट्राफिक नियम अनुसार कारबाही गरि गन्तव्यमा छाेडेकाे दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

आउँदै गरेको दशैँ, तिहार र छव पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले ‘सवारी, साधनलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्ने, बजार अनुगमनमा कडाइ गरी मूल्य सूचि अनुसार सामान बेच विखन गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

सवारीले सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

चाडपर्वकाे क्रममा सर्वसाधारणकाे यात्रालाई सहज र सुरक्षित बनाउने उदेश्यले दाङको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख विरबहादुर वली लगायतकाे जिल्ला सुरक्षा समितिले सवारीसाधनकाे जिल्लाभर चेकजाँच गर्न मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिएका छ्न ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्