दाङ– यात्रुबाहक बस पल्टिंदा दाङमा ४२ जना घाइते भएका छन् । शनिबार करिब सवा ३ बजेतिर घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको बस चौपट्टाको आरोलोमा ब्रेक फेल भएर पल्टिंदा ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
घाइते मध्य ४ जनाको अवस्था गम्भिर रहेको र एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पताललाई उद्धत गर्दै डिएसपी गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्