अर्घाखाँचीमा पोखरीमा डुबेर एक जनाको

दाङ समाचार
दाङ समाचार १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौं – अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा-३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले  खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्