प्युठानबाट उपचार गर्न लमहीको फ्लोरेन्स अस्पताल

दाङ समाचार
दाङ समाचार १८ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – प्युठान बडडाडा निवासी ज्ञान बहादुर सारुलाई उच्च ज्वरो आउन थालेको एक हप्ता भयो । शुरुशुरुमा सामान्य जस्तै लाग्यो, सन्चो होला भन्ने भयो खास्सै ख्याल गरेरेनन । जब हप्ता दिन क्रस भयो तब उनलाई ज्वरोले थला नै पार्यो ।

सारुको शरीरमा ज्वरो बढ्न थालेपछि घरपरिवार अतालियो । सबै निजि मेडिकलमा डाक्टर छैनन, सरकारी अस्पतालमा भएका डाक्टर दशैं मान्न घर गए । दशैंको मुखैमा कता लैजाने के गर्ने भनेर घर सल्लाह गरे र सारुलाई लमही स्थित फ्लोरेन्स अस्पताल लैजाने निधो भयो । उपचारका लागि सारु अहिले फ्लोरेन्स अस्पतालमा भर्ना भएका छन ।

फ्लोरेन्स अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालका अनुशार सारुलाई एक हप्तादेखी उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, खाना मन नलाग्ने, रगत चेकजाँच गर्दा डेङु फिबर , कलेजो, मृगौलामा खराबी, पिसाबमा संक्रमण देखिएको, प्लेटलेट्सको मात्रा घटेको छ । उपचार पछि सारुको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ ।

प्युठानका सारु जस्तै यतिबेला फ्लोरेन्स अस्पतालमा देउखुरीका विभिन्न क्षेत्रका बिरामी भर्ना भएका छन । अस्पतालमा प्रायः उच्च ज्वरोका बिरामी आउने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दशैं बिदा मनाउन घर गएपछि देउखुरी क्षेत्रमा भएका सरकारी र निजि अस्पतालमा डाक्टर छैनन, डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।

लमहीको फ्लोरेन्स अस्पतालमा अस्पतालका प्रमुख डाक्टर भुसाल र हाडजोर्नी डाक्टर राजेश कुमार चौधरीले चौविसै घन्टा सेवा प्रवाह गरिरहेका छन । चाडवाडको बेलामा डाक्टर पाउनै गाह्रो हुने भएकोले स्वास्थ्यको ख्याल गर्न डाक्टर भुसालको आग्रह छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्