दाङ १ मा गठबन्धनबाट चौधरी, खड्का र थारुले गरे उम्मेदवारी दर्ता

दाङ समाचार
दाङ समाचार २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

दाङ – सहरी विकास मन्त्री मेटमणी चाैधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनाेनयन दर्ता गराउनु भएको छ ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चाैधरीले मनाेनयन दर्ता गराए भने प्रदेश(१) मा नेकपा माओवादीका इन्द्रजित थारु र प्रदेश(२) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनाेनयन दर्ता गराउनु भएको छ । प्रतिकुल मौसमका कारण खड्का दाङ आउन नसकेपछी खड्काले काठमाडौं स्थित निर्वाचन आयाेगकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराउनु भएको हो ।

दाङको लमही पुगेर उम्मेदवारी दर्ता गर्दै मन्त्री चौधरीले संविधान रक्षाको लागि गठबन्धन गर्नु परेको बताउनु भयो । यो गठबन्धन लामो समय सम्म टिक्ने पनि मन्त्री चौधरीको भनाई छ ।

त्यस्तै नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले पनि उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका सचेतक समेत रहनु भएका शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ, त्यस्तै दाङ १ क मा गंगाराम भट्टराई, ख मा कुल बहादुर केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

भट्टराई भर्खरै राष्ट्रिय जनमोर्चा परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको हो भने केसी लमही नगरपालिकाका संस्थापक नगर प्रमुख हुनुहुन्छ ।

त्यस्तै एमालेबाट टिकट पाउन नसकेपछि एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्