मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण र नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिता, २०७९ अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको दिनदेखि मतदान सम्पन्न नभएसम्म मतपरिणामका सम्बन्धमा कुनै सर्वेक्षण गर्न र त्यसको परिणाम घोषणा वा प्रकाशन गर्न पाइँदैन।

‘आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ। आचारसंहिताविपरीत यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने आयोगले चेतावनीसमेत दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्