दाङ – यहि असोज २१ गते आएको भिषण बाढीले देउखुरी क्षेत्रमा ठुलो क्षति गर्यो । सैयौं मानिस विस्थापित भए, घरहरु भत्किए, बाढीले उनीहरुको गास, बास र कपास सबै उजाड गर्दियो । उनीहरुको खाद्यान्न नोक्सान भएको छ, लत्ता कपडा भिजेर कामै नलाग्ने भएका छन । तर अहिले सम्म उनीहरुको दुख बुझ्ने कोहि छैन । यहि मौका पारेर नेपाल सरकारका बहालवाला मंत्रीले खाद्यान्न उपलब्ध गराएका छन ।
देउखुरीका वाढी पिडितलाई सहरी विकास मन्त्री मेटमणि चौधरीले राहत उपलव्ध गराएका छन । देउखुरीका चारवटै स्थानीय तह मार्फत एकद्धार प्रणालीबाट वितरण हुने गरि राहत पालिकालाई हस्तान्तरण गरिएको हो ।
बाढी र डुवानले देउखुरी क्षेत्रमा पारेको प्रभाव अवलोकन गर्न स्थलगत अवलोकनमा रहेका मन्त्री चौधरीले तत्कालको लागि खाद्यान्नको आवश्यकता देखेपछि पहिलो चरणमा खाद्यान्न राहत स्वरुव वितरण गरिएको जानकारी दिए ।
पहिलो चरणमा मन्त्री चौधरीले व्यक्तिगत रुपमा राहत स्वरुप देउखुरीका चारवटै पालिकालाई ५० क्विनटल चामल स्थानीय तहका प्रमुख मार्फत हस्तान्तरण गरेका छन । राहत वितरण गर्दै मन्त्री चौधरीले देउखुरीमा २०१८ सालपछिको ठुलो बाढी आएको र डुवानले चारवटै पालिकामा उत्तिकै क्षति गरेको बताए ।
बाढी पिडीतको लागि सरकारको अनुभुति गर्नेगरी राहत एवं सहयोग उपलव्ध गराउने मन्त्री चौधरीले प्रतिबद्धता जनाउदै भने,‘ म स्थलगत रुपमा जाँदा देउखुरीमा बाढीको प्रभाव अवलोकन गरेपछि तत्काल राहतको लागि खाद्यान्न पठाइएको छ, थप राहत र भौतिक पूर्वाधारमा समेत राहत उपलव्ध हुन्छ ।’
यस्तै मन्त्री चौधरीले देउखुरीका चारवटै पालिका प्रमुखलाई बाढी र डुवानको वास्तविक क्षति अविलम्ब एकिन गरेर अन्य आवश्यक सहयोग माग गर्न समेत आग्रह गरे । उनले भने,‘यो विपद्कोे समयमा जहाँ जे आवश्यक पर्दछ त्यही सहयोग गर्ने हो,तपाइहरुले गर्न नसकेको हकमा प्रदेश र संघीय सरकार छ,हामीलाई एकिन विवरण छिटो पठाउनुस ।’
मन्त्री चौधरीले बाढी र डुवानमा परेर विस्थापित भएकाहरुलाई स्थापीत गराउने कार्यमा सहयोग गर्न विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था लाई समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्